२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

रास्वपाको पहिलो महाधिवेशन चितवनमा : असार ७, ८ र ९ गते

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा हुने भएको छ । आज बिहान बसेको केन्द्रीय समितिको बैठकमा असार ७, ८ र ९ गते चितवन गर्ने तय भएको रास्वपाका नेता प्रमोद न्यौपानेले जानकारी दिए । बैठकमा महाधिवेशनको तयारी बारे छलफल भएको बताइएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको असार ७ गते घोषणा भएको थियो। निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो। स्थापनाकालदेखि रवि लामिछाने रास्वपाको सभापतिमा रहेका छन्। हाल बालेन्द्र शाह वरिष्ठ नेता, डा.स्वर्णिम वाग्ले उपसभापति, कविन्द्र बुर्लाकोटी महामन्त्री, भूप देव शाह महामन्त्री, विपिन कुमार आचार्य सह–महामन्त्री, लिमा अधिकारी कोषाध्यक्ष, वसुमाया तामाङ्ग सह–कोषाध्यक्ष रहेका छन्। डीपी अर्याल सभामुख बनेपछि उपसभापति पदबाट हटेका हुन्।

 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।