२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

उत्तर प्रदेशमा भीषण आँधी: ५४ जनाको मृत्यु

 

काठमाडाैं : उत्तर प्रदेशमा बुधबार राति आएको भीषण आँधी र वर्षाका कारण ५४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। प्रयागराजमा १६ जनाको मृत्यु भएको छ , भने भदोहीमा १५ र मिर्जापुरमा १० जनाको मृत्यु भएको छ ।  त्यस्तै भदोहीमा मात्रै ८ जना गम्भिर घाइते भएका छन्। 

प्रतिघन्टा तीव्र गतिको हावाहुरीका कारण सयौँ रूखहरू उखालिएका छन्, बिजुलीका पोलहरू ढलेका छन् र कच्ची घरहरू भत्किएका छन्। अधिकांश मानिसको मृत्यु घरको पर्खाल भत्केर वा रूखले किचिएर भएको हो। आँधीका कारण मानिसका साथै पशुचौपायाको पनि ठूलो क्षति भएको छ। भदोहीमा मात्रै १६ भन्दा बढी गाईवस्तुको मृत्यु भएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरे। उनले मृतकका परिवारलाई तत्काल आर्थिक सहायता (राहत रकम) उपलब्ध गराउन र घाइतेहरूको नि:शुल्क उपचार सुनिश्चित गर्न जिल्ला प्रशासनलाई  निर्देशन दिए ।आँधीका कारण धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ र राहत तथा उद्धार कार्य जारी छ। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

 
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

 

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।