२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

बागमतीमा सत्ता साझेदारबिच बढ्यो दूरी,

 

हेटौँडा। बागमती प्रदेशमा सत्तारुढ दुई मुख्य दल; नेपाली कांग्रेस र नेकपा एमालेबिच दूरी बढ्न थालेको छ । सरकार सञ्चालन, मन्त्रालयको कार्यविभाजन र आगामी बजेटको आकारका विषयमा कुरा नमिल्दा सत्तारुढ दलबिच ‘चिसो बढेको’ हो ।  प्रदेश सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठिरहेका अवस्थामा सभामुख नियुक्ति, बजेट कार्यक्रम कार्यान्वयन, मन्त्रालय घटाउने विषयमा सत्ता साझेदार दलहरूबिच टकराव देखिएको हो । विशेषगरी रिक्त रहेको सभामुख पदको दाबी र मन्त्रालय घटाउने सन्दर्भमा दलबिच कुरा मिल्न नसकेको हो ।

प्रदेश सरकारको कार्यसम्पदनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको असन्तुष्टि, मन्त्रीहरूको कार्य सम्पादन मूल्यांकन सन्तोषजनक हुन सकेको छैन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च कर्मचारीका अनुसार सत्तारुढ दलबिच पर्याप्त संवाद हुन सकेको छैन । दुवै दलहरू आफूअनुकुल मुद्दामा सक्रिय रहेका उनको भनाइ छ । मन्त्रालय घटाउने सन्दर्भमा त एमालेका मन्त्रीहरू छुट्टै बैठक बस्नुपरेको अवस्थासमेत आएको उनले बताए । सभामुख नियुक्तिको विषयमा पनि साझेदार दलहरूबिच सहमति बन्न सकेको छैन ।
उनले भने, ‘मुख्यमन्त्रीले गठबन्धनको प्रवाह छैन । सबैलाई बर्खास्त गर्छुसम्म भन्नुपरेको थियो । अस्तिको त्यो घटनापछि त दलहरू बिच दूरी बढेको देखिन्छ,’ उनले भने ।
सभामुख कब्जा गर्ने दुवै दलको दाउ
सभामुख नियुक्तिका सन्दर्भमा दलहरूबिच दाबी छ । कांग्रेस र एमाले दुवैले सभामुख आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् । एमालेले मुख्यमन्त्री नपाए सभामुख आफ्नो हुनुपर्ने अडान कसेको छ । सभामुख पद प्राप्तिका लागि बहालवाला उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा गराएर भए पनि एमाले अघि बढ्न तयार छ । तर, कांग्रेसले उपसभामुख एमालेकै भएकाले रिक्त सभामुख पद आफूले पाउनुपर्ने अडान राखिरहेको छ । यस विषयमा संसदीय दलको निर्णय नै गरेर कांग्रेस बढेपछि दुई दलबिचको संवाद झनै जटिल बनेको हो ।  
मन्त्रालय घटाउने प्रस्तावमा पनि सत्तारुढ दलहरू बिच द्वन्दको अवस्था देखिएको थियो । प्रदेशमा ८ मन्त्रालय कायम गर्ने विषयमा सत्तारुढ दल एमाले र कांग्रेस नै विभाजित भएका थिए । एमाले प्रदेशमा ९ मन्त्रालय बनाउने र मन्त्रालयहरूको कार्य विभाजनमा असन्तुष्ट देखिएको थियो भने कांग्रेस कुनै पनि अवस्थामा ८ मन्त्रालय बनाउने पक्षमा रहेको थियो । दुई दलहरू बिच सहमती जुट्न नसक्दा मनि्त्रपरिषद बैठक प्रभावित हुनुको साथै एमालेका मन्त्रीहरू छुट्टै बैठकमा सहभागि भएका थिए । उनीहरूले सत्ता नेतृत्व गरिरहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध गुटबन्दी शैलीमा बैठक बसेर गिभ एण्ड टेकको सिद्धान्तमा मन्त्रालय घटाउने प्रस्तावमा निर्णय दिएका थिए ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।