काठमाडौं : सुकम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीस्थलमा जवरजस्ती डोजर लगाई उठिबास लगाएको भन्दै बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ । कुनै बिकल्प पनि नदिइ सरकारले सुकम्बासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा डोजर लगाएर आफूहरुमाथि अन्याय गरेको भन्दै संयुक्त सुकुम्बासी मोर्चालगायत बिभिन्न संघसंस्थाको अगुवाइमा बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले भूमि र आवास अधिकारको लागि निरन्तर आवाज उठाउने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले सरकारको सय कार्यसूची सार्वजनिक गर, मौलिक हक कार्यान्वयन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।









