२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

गाँजासहित दुई जना पक्राउ

 

सप्तरी : सप्तरीको खडक नगरपालिका–५ रंजितपुरबाट १४५ किलो गाँजा जस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विहीबार राति पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका–५ बस्ने ४७ वर्षीय बल बहादुर लिम्बु रहेका छन् । 

इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी विसनपुरबाट खटिएको प्रहरीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाई छिपाई राखेको १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महाप्रसाद र पिकअपमा सवार बल बहादुरलाई पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।