२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

राप्तीमा आज जेठ १ गते देखि राष्ट्रिय सरसफाइ सप्ताह सुरु

 
भालुवाङ  । दाङको राप्ती गाउँपालिकाले आज जेठ १ गतेदेखि राष्ट्रिय सरसफाइ सप्ताह सुरु  गरेको छ। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको निर्देशन तथा गाउँ कार्यपालिकाको निर्णयअनुसार “स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण” निर्माण गर्ने उद्देश्यसहित सप्ताहव्यापी अभियान सञ्चालन  बिहान ७ बजे पालिकाको परिसरमा अध्यक्ष प्रकाश विष्टले उदघाटन गर्नु भएको थियो  । 

No description available.

१ गते देखि ७ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत सार्वजनिक स्थल, सडक, विद्यालय, स्वास्थ्य संस्था र बजार क्षेत्रमा सरसफाइ, फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रममा सहभागी  राजनितिक दल, टोल विकास संस्था,भालुबाङ मगर महिला संघ लगायत विभिन्न संघसंस्था, सुरक्षा निकाय, शैक्षिक संस्था तथा नागरिक समाजको उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष प्रकाश विष्टले अभियानलाई प्रभावकारी तथा सफल बनाउन  सरोकारवाला सबैलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नु भएको थियो । उनले सरसफाइलाई दैनिक जीवनशैलीका रूपमा अपनाउँदै “स्वच्छ र समृद्ध राप्ती” निर्माणमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनु भएको थियो।अभियानको औपचारिक शुभारम्भ बिहान ७ बजे गाउँपालिका परिसरमा एक 
‘एक बिधार्थी एक बिरुवा’  अनिबार्य रोपने भन्दै प्रत्येक व्याक्तिलार्ई हातहातमा आँपका बिरुवा तथा फुलको बेर्ना वितरण गर्दै पालिकाको परिसर देखि लुम्बिनी प्रदेशको गेट तथा कृर्षि हाटबजारसम्म सरसफाइमा सहभागी सबै लाई धन्यवाद दिदै अध्यक्ष विष्ट ज्युले कार्यक्रमको समापन गर्नु भएको थियो ।  

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।