२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

कर्णालीको कृषि विकासमा इजरायलको चासो

 

मुगु : कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीहरूको अन्तर्राष्ट्रिय बजारीकरण तथा जडिबुटी संरक्षण र निर्यात प्रवर्द्धनका विषयमा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास मुगुका कृषिविज्ञ विद्यार्थी आशिष देवकोटाबीच काठमाडौंस्थित इजरायली दूतावासमा छलफल भएको छ।

मुगुको सोरु गाउँपालिका, घर भई हाल कृषिमा स्नातकोत्तर अध्ययनरत देवकोटाले कर्णालीमा उत्पादन हुने कागुनो, चिनो, मार्सी चामल, कोदो लगायत रैथाने बालीलाई अन्तर्राष्ट्रिय बजार, विशेष गरी इजरायलसम्म पुर्‍याउन पहल आवश्यक रहेको बताएका थिए । उनले यार्सागुम्बा, शिलाजित, पाँचऔँले, सतुवा र घुच्ची च्याउ जस्ता बहुमूल्य जडिबुटीहरू न्यून मूल्यमा भारत र चीनतर्फ कच्चा पदार्थका रूपमा निर्यात भइरहेको उल्लेख गर्दै यसको संरक्षण, प्रशोधन र मूल्य अभिवृद्धिका लागि इजरायल सरकारसँग प्रविधि, प्राविधिक सहयोग तथा लगानीको वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

देवकोटाले कर्णालीको परम्परागत कृषि प्रणालीलाई आधुनिक र यान्त्रिकृत बनाउनु आवश्यक रहेको उल्लेख गर्दै मुगुलगायत कर्णालीका कृषि विद्यार्थी तथा युवालाई इजरायलमा अध्ययन र रोजगारीको अवसर उपलब्ध गराउन सके त्यसबाट प्राप्त सीप र अनुभवले प्रदेशको कृषि विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

जवाफमा इजरायली राजदूत श्मुलिक एरी बासले कर्णाली प्रदेशको कृषि आधुनिकीकरण र यान्त्रिकरणमा इजरायल सरकारले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, यस वर्ष नेपालबाट २ हजार ३ सय जना कामदार, किसान तथा महिलाहरूलाई इजरायल लैजाने निर्णय भएको जानकारी पनि दिएका छन् ।  उक्त भेटघाटमा राजदूत श्मुलिक एरी बासले सन् २०२६ भित्र रारा ताललगायत कर्णालीका विभिन्न क्षेत्रको भ्रमण गरी त्यहाँको सम्भावना र अवस्थाको अवलोकन गर्ने इच्छा व्यक्त गरेको  देवकोटाले जानकारी दिएका हुन् ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।