काठमाडौं : प्रतिनिधि सभाको बैठक आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने भएको छ।
आज बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यसपछि आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल सुरु हुने भएको छ। वजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलपछि जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ ।









