२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

लेनदेनको आरोप लागेका शर्मा आज वरिष्ठता मिचेर प्रधानन्यायाधीशको पद तथा गोपनियताको सपथ

 

काठमाडौँ । प्रधानन्यायाधीशका रूपमा डा. मनोजकुमार शर्माले सपथ लिएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट डा. शर्माले पद तथा गोपनियताको सपथ लिएका हुन्  ।  संवैधानिक परिषद्को सिफारिसका आधारमा मंगलबार दिउँसो संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको थियो ।  वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका शर्माको नाम सिफारिस गरेको थियो । शर्मा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित भएसँगै अब राष्ट्रपतिबाट सपथ लिएर सर्वोच्चको कुर्सी सम्हाल्न जानेछन् । प्रधानन्यायाधीशका रूपमा शर्माले ६ वर्ष काम गर्नेछन्, अर्थात् शर्मा २०८९ वैशाखसम्म सर्वोच्चको नेतृत्वमा हुनेछन् । 

तर डा. शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको विषयलाई लिएर विवाद भइरहेको छ । यस्तोमा उनको आगमनले अब के होला भन्ने चासो झन् बढ्दै गएको छ । 
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि बसेको यसको बैठकले सर्वोच्च अदालतमा वरिष्ठताका आधारमा न्याय परिषद्ले प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको थियो, जसमध्ये डा. शर्माको नाम चौथो वरीयतामा थियो । र उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएदेखि नै न्यायालय दुई कित्तामा विभाजित भएको अवस्था छ । 

कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्च अदालतको न्यायाधीशमा प्रवेश गरेका डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्न आइपुगेका छन् । शर्मालाई संवैधानिक परिषद् बैठकले गत वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई प्रधानन्यायाधीशमा नियुक्त भएसँगै उनले सर्वोच्च अदालतमा ६ वर्षे पूरा कार्यकाल पूरा गर्नेछन् । शर्माले २०८९ जेठसमम सर्वोच्चको नेतृत्व सम्हाल्नेछन् ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।