२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

दुर्गा प्रसाईंविरूद्ध साइबर अपराध र राज्यविरूद्धको कसुरमा म्याद थप

 

काठमाण्डौ  राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि दुई वटा कसुरमा म्याद थप भएको छ।

मंगलबार प्रहरीले जिल्ला अदालत पर्साबाट विद्युतीय कारोबार ऐन (साइबर अपराध) र राज्यविरूद्ध कसुरमा म्याद थप गरेको डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

उनले सामाजिक सञ्जालमार्फत विभिन्न किसिमका अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

‘सार्वजनिक नैतिकता, शिष्टाचारविरूद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने र नेपाल सरकार वा सरकारका काम कारबाहीको सम्बन्धमा कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाएर सरकारप्रति घृणा, द्वेष वा अवहेलना गरी अमर्यादित तथा अस्वस्थ आलोचनात्मक अभिव्यक्तिहरू दिएका थिए,’ प्रहरीले जारी गरेको वक्तव्यमा भनिएको छ।

उनलाई प्रहरीले गएराति वीरगञ्जस्थित सिद्धार्थ दियाल होटलबाट पक्राउ गरेको थियो।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।