२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

डीआईजी पोखरेल एआईजी बढुवाका लागि सिफारिस

 

सुनसरी : सशस्त्र प्रहरीमा रिक्त रहेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी) पदमा चितवनस्थित बाहिनीपति डीआईजी अन्जनी कुमार पोखरेललाई बढुवाका लागि सिफारिस गरिएको छ  ।  गृह मन्त्रालयको बढुवा समितिका सदस्य सचिव नारायण दत्त पौडेलका अनुसार मंगलबार उनलाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो ।

पोखरेल विशेषगरी गोताखोर तालिम सञ्चालन गर्ने दक्ष प्रहरी अधिकृतका रूपमा परिचित छन् । उनले सशस्त्र प्रहरीभित्र गोताखोर तालिमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । विपद् उद्धार, नदी तथा जलक्षेत्रमा हुने खोज तथा उद्धार कार्यमा उनले पुर्‍याएको योगदान उल्लेखनीय मानिन्छ। इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित पोखरेल संगठनभित्र सुशासन स्थापित गर्ने अधिकृतका रूपमा चिनिन्छन् ।  यसअघि कोशी प्रदेश अन्तर्गत सुनसरीको बराह बाहिनी पकलीको बाहिनीपति रहँदा उनले सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका थिए।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।