२०८३ श्रावण १३ बुधबार
Search
२०८३ श्रावण १३ बुधबार

भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच रास्वपा सभापति रवि लामिछाने दिल्ली जाँदै

 

काठमाण्डौ नेपाल–भारत सम्बन्धमा देखिएको अनिश्चितताबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।

तीन सदस्यीय भ्रमण टोली भारत भ्रमणमा जाने निश्चित भएको रास्वपाका एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए ।’सभापति, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा भारत जाने कार्यक्रम तय भएको छ,’ ती नेताले भने । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमण पनि टुंगो नलाग्नुले दक्षिणी छिमेकीसँगको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेका बेला सत्तारूढ दलका सभापतिसहित प्रतिनिधि मण्डलको भारत भ्रमण हुन लागेको हो ।  उनीहरू जेठ १८ गते भारत भ्रमणमा जानेछन् भने २० गते फर्कने कार्यक्रम तय छ । उनीहरू भारतको राजधानी नयाँदिल्ली जान लागेको रास्वपाका अर्का एक नेताले पनि पुष्टि गरे। ‘भ्रमणमा जाने मिति तय भएको छ। भेटवार्ता र अन्य कार्यक्रम तय भएको छैन,’ उनले भने ।  सभापति लामिछानेले भारत भ्रमण क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेट गर्ने तयारी भइरहेको स्रोतहरू बताउँछन् ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।