२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

कर्णालीमा आर्थिक अराजकता बढ्दो !

 

सुर्खेत । कर्णालीको मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक फोरममा ‘सुशासन कायम गर्ने र विधि बसाल्ने कुरामा अन्य प्रदेशले हामीबाट सिक्नुपर्छ’ भन्दै आएका छन् । उनी प्रदेशका कुनै ठुलो रणनीतिक आयोजना बनाउने भन्दा पनि आन्तरिक गतिविधिलाई चुस्तदुरुस्त गराउनै अग्रसर पनि देखिन्छन् । हरेक जसो सार्वजनिक मञ्चमा आर्थिक अनुशासन कायम, विधिको पालना, चालु खर्च नियन्त्रण जस्ता कुरामा उनले जोड दिने गरे पनि नतिजा भने फरक देखिएको छ ।मुख्यमन्त्री कँडेलले सत्ता सम्हालेको पहिलो आर्थिक वर्ष (२०८१/०८२) मा कर्णाली प्रदेश सरकारको वित्तीय अराजकता बढेको महालेखा परीक्षकको आठौँ प्रतिवेदनले देखाएको छ । उक्त वर्षमा स्रोतको सुनिश्चितताबिना आयोजना छनोट, नियमविपरीत रकमान्तर, सार्वजनिक खरिद ऐनको पालना नगर्ने तथा असार मसान्तमा बजेट सिध्याउने जस्ता कार्यले वित्तीय अराजकता बढेको महालेखाले जनाएको छ ।

बिहीबार कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीलाई बुझाएको कर्णाली सरकारको आठौँ महालेखा प्रतिवेदनमा भनिएको छ, ‘विनियोजन ऐन अनुसार १० प्रतिशतको सीमाभित्र रहेर मात्र रकमान्तर गर्नुपर्ने उल्लेख छ ।’ तर उक्त वर्ष आर्थिक वर्षको अन्त्य अर्थात् असार महिनामा मात्रै कुल रकमान्तरको ६.३१ प्रतिशत अर्थात् ९ करोड ६८ लाख २१ हजार रकमान्तर गरिएको छ । यसलाई महालेखाले नीति विपरीतको गतिविधि भनेको छ ।
 

०.८६ प्रतिशतले बेरुजु बढ्यो

कर्णाली सरकारको बेरुजु दर आर्थिक वर्ष २०८०/०८१ मा १.२२ प्रतिशत थियो, २०८१/०८२ मा बढेर २.०८ प्रतिशत पुगेको छ, जुन अन्य प्रदेशको तुलनामा दोस्रो सबैभन्दा धेरै हो ।
आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली सरकारको बेरुजु ७७ करोड ३५ लाख ६२ हजार रुपैयाँ देखिएको छ । योसँगै कर्णाली प्रदेशको बेरुजु बढेर ४ अर्ब ७३ करोड ५६ लाख ७ हजार नाघेको छ ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।