२०८३ श्रावण १३ बुधबार
Search
२०८३ श्रावण १३ बुधबार

जीबी राई कहिले पक्राउ पर्छन् सरकार

 

काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले संसदमार्फत सरकारसँग प्रश्नै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा बोल्दै सांसद राईले बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार भन्दै प्रश्न गरेका छन् । उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ भन्दै प्रश्न गरेका छन् ।

सांसद राईले सहकारी घोटालाका आरोपित जीबी राई कहिले पक्राउ पर्छन् ? किसानहरुको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्रै भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले खोटाङ जिल्लामा अलपत्र परेका विकास निर्माणका काम कहिले हुन्छ ? भन्दै सरकारलाई प्रश्न सोधेका छन् ।

उनले खोटाङ–भोजपुर जोड्ने मध्यपहाडी लोकमार्ग, रसुवाघाट पुललगायत, हलेसी सडकको विषय पनि उठाएका छन् । उनले सहकारी पीडितहरुले पैसा पाउनु पर्ने माग गर्दै उनले जनताले तिरेको कर, राज्य कोषबाट तिर्न नमिल्ने बताए । उनले भने, ‘सहकारी, बैंकबाट अन्य व्यवसायीहरुले डुबाएको रकम तिरिदिने नीति लिएको हो सरकार ? भन्दै प्रश्न गरेका छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।