२०८३ श्रावण १५ शुक्रबार
Search
२०८३ श्रावण १५ शुक्रबार

नेपालले आज चीनसँग खेल्दै

 

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनोटको समूह चरणमा चीनसँग खेल्दैछ। 

चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टिमले ८७ महिना पछि खेल्न लागेको हा।  नेपाल र चीनबीचको खेल आज बिहान ११ः४५ बजेबाट मलेसियाको वायोमास ओभलमा हुनेछ । 

नेपाल र चीनबीच सन् २०१९ को फेब्रुअरी पछि पहिलो पटक हुन लागेको हो । छनोटको पहिलो दिन इन्डोनेसियालाई हराएर सुखद सुरुवात गरेको चीन नेपालसँगको खेल जितेर छनोट हुने लक्ष्यमा छ। नेपालको भने पहिलो खेल हो । 

गुजरातलाई फराकिलो अन्तरले हराउँदै आरसीबी आईपीएलको फाइनलमा

चीनका विरुद्ध नेपाली महिला टोलीलाई तेस्रो पटक मैदान उत्रदैछ। यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको ट्वान्टी २० अन्तर्राष्ट्रियमा पहिलो पटक १२ जनवरी २०१९ मा भेट भएको थियो  ।

पहिलो भेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल ५ रनले विजयी भएको थियो ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को पछिल्लो वरियतामा नेपाल २२औं स्थानमा रहँदा चीन भने ४३औं स्थानमा छन् ।

 

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।