काठमाण्डौ सरकारले कर्मचारीलाई आकर्षित गर्न उल्लेखनीय तलब वृद्धि गरेको छ ।
चार वर्षदेखि तलब नबढेकोमा यसपालिको बजेटमा सरकारले कमर्चारीको करिब २१ प्रतिशतले तलब वृद्धि गरेको हो ।
सरकारी सेवामा कार्यरत कर्मचारीले लामो समयदेखि तलब नबढेको भन्दै गुनासो गर्दै आएका थिए ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले पेन्सनरहरूको दायित्व वृद्धि कम र कार्यरत कर्मचारीलाई प्रोत्साहन गर्ने सुत्र लगाएर तलब भत्ता बढाएका हुन् ।
अब बढेको तलब अनुसार एक खरिददारको मासिक तलब भत्ता ५६ हजार ८७४ रूपैयाँ पुगेको छ । त्यस्तै मुख्य सचिवको एक लाख ४ हजार ८७ पुगेको छ ।
कसको कति र कसरी ?
मुख्यसचिव
हाल मुख्य सचिवले ग्रेड र भत्ता बाहेक मासिक ७७ हजार २११ रूपैयाँ तलब प्राप्त गर्ने गरेका थिए ।
सरकारले सबै सरकारी कर्मचारीको एकमुष्ट १० प्रतिशतले तलब वृद्धि गरेसँगै ७ हजार २२१ रूपैयाँले बढेर ८४ हजार ९३२ रूपैयाँ पुग्छ। यो बढेको तलबमा मासिक रूपमा थप १० प्रतिशत प्रोत्साहन रकम दिने बजेटले उद्घोष गरेको छ। त्यसो हुँदा ८ हजार ४९३ रूपैयाँले बढेर ९३ हजार ४३२ रूपैयाँ पुग्छ ।
यो रकममा ५ हजार थप महँगी भत्ता दिइएको छ। यसो हुँदा ९८ हजार २५ रूपैयाँ तलब भत्ता हुन्छ । यस बाहेक आधारभूत तुलनामा मुख्यसचिवको दुई ग्रेड थप पैसा आउँछ । यो भनेकोको दुई दिनको तलब हो। यसको अर्थ ५ हजार ६६२ थप तलब बढेर एक लाख ४ हजार ४८७ रूपैयाँ पुग्छ ।
टेबलमा हेर्नुस् कसको कति तलब?
|
पद |
साबिकको |
नियमित बढेको तलब |
नियमित बढेपछि थप १० प्रतिशत प्रोत्साहन |
महंगी भत्ता |
ग्रेड |
ग्रेड रकम |
जम्मा |
|
मुख्य सचिव |
७७ हजार २११ |
७ हजार ७२१ |
८ हजार ४९३ |
५ हजार |
२ |
५ हजार ६६२ |
एक लाख ४ हजार ८७ |
|
सचिव |
७२ हजार ८२ |
७ हजार २०८ |
७ हजार ९२९ |
५ हजार |
२ |
५ हजार २८६ |
९७ हजार ५०५ |
|
सहसचिव |
५६ हजार ७८६ |
५ हजा। ६७८ |
६ हजार २४६ |
५ हजार |
७ |
१४ हजा। ५५७ |
८८ हजा। २८८ |
|
उपसचिव |
४८ हजार ७३७ |
४ हजार ८७३ |
५ हजार ३६१ |
५ हजार |
८ |
१४ हजार २९६ |
७८ हजार २६८ |
|
अधिकृत |
४३ हजार ६८८ |
४ हजार ३६८ |
४ हजार ८०५ |
५ हजार |
८ |
१२ हजार ८१५ |
७० हजार ६७८ |
|
नासु |
३४ हजार ७३० |
३ हजार ४७३ |
३ हजार ८०२ |
५ हजार |
१० |
१२ हजार ७३४ |
५९ हजार ७५८ |
|
खरिददार |
३२ हजार ९०१ |
३ हजार २९० |
३ हजार ६१९ |
५ हजार |
१० |
१२ हजार ६४ |
५६ हजार ८७४ |
कार्यरत कर्मचारीको २१ प्रतिशतले तलब बढ्दा पेन्सनरहरूको भने १० प्रतिशतले मात्रै बढाइएको छ।









