२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

दाङमा पहिलो पटक ‘सेफ राइड’ संचालनको तयारी

 

लुम्बिनी ।  दाङमा पहिलो पटक नेपाली राइड–सेयरिङ प्लेटफर्म ‘सेफ राइड’ संचालनमा ल्याउने तयारी गरिएको छ। पठाओ, इन ड्राइभ, उबरले दिएको  जस्तै गरि दाङमा ‘सेफ राइड’ संचालनको तयारी गरिएको छ ।  अमेरिकामा बसोबास गर्ने केही नेपालीहरु मिलेर जिल्लामा यस्तो सेवा सुरु गर्न थालेको जनाएका छन्।‘गैरआवासीय नेपाली एनआरएनको लगानीमा स्थापना गरिएको राइड–सेयरिङ प्लेटफर्म ‘सेफ राइड’ ले नेपालमा आफ्नो सेवा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको  छ,’ कम्पनीका संस्थापक तथा सिइओ डिबी रावतले भने, ‘दाङ आफ्नो जन्मथलो भएको हुँदा आफ्नै गाउँ तथा जिल्लाबाट सेवा सुरु गर्ने उद्देश्यका साथ पहिलो पटक दाङबाट सेवा प्रारम्भ गर्ने अन्तिम तयारी गरिरहेका छौं ।’यो सेवा  प्रारम्भिक चरणमा जिल्लाको घोराही, तुलसीपुर, लमही तथा भालुवाङ क्षेत्रमा बाइक, अटो, कार तथा साइकल सेवा सञ्चालन गरिने कम्पनीका सिइओ रावतले बताए । कम्पनीका अनुसार दाङबाट सेवा सुरु गरेपछि क्रमशः साबिक राप्ती अञ्चलका पहाडी जिल्लाहरू हुँदै नेपालका अन्य जिल्लाहरूमा सेवा विस्तार गरिने भएको छ । काठमाडौं बाहिरका धेरै जिल्लामा सेवा विस्तार गरि सकेपछि मात्र काठमाडौंमा सेवा सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

सेफ राइडले छिट्टै आफ्नो मोबाइल एप सार्वजनिक गर्दै नेपाल भर सुरक्षित, सस्तो र छिटो राइड सेरिङ सेवा प्रदान गर्ने तयारीमा जुटेको सिइओ रावतले बताए ।

‘भविष्यमा काठमाडौंदेखि कर्णाली लगायतका दुर्गम जिल्लामा पनि प्रविधिमैत्री यातायात सेवा पुर्‍याउने हाम्रो उदेश्य छ,’ रावतले भने, ‘दुर्गमका गाउँ–गाउँसम्म सेवा विस्तार गर्दै नेपाली युवालाई स्वरोजगारको अवसर सिर्जना गर्नु हाम्रो लक्ष्य हो ।’

साथै सेफ राइडले भविष्यमा हेलिकप्टर तथा एम्बुलेन्स सेवा पनि सञ्चालन गर्ने उदेश्य लिएको छ । दुर्गम क्षेत्रमा छिटो उद्धार, बिरामीको आकस्मिक अस्पताल सेवा तथा आपतकालीन अवस्थामा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना अघि बढाउने कम्पनीको उदेश्य छ । 

कम्पनीको दाबी अनुसार आगामी एक वर्षभित्र करिब एक लाख स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। कम्पनीबाट प्राप्त आम्दानी पुनः नेपालमै लगानी गरी देशको आर्थिक विकास, रोजगारी सिर्जना तथा स्थानीय सेवा विस्तारमा उपयोग गरिने सिइओ रावतले बताए ।

रावत भन्छन्, ‘विश्वभर रहेका नेपाली तथा एनआरएनहरुले आफ्नै गाउँ–ठाउँको विकासका लागि लगानी गर्ने हो भने नेपालको विकास छिट्टै सम्भव हुने छ ।’

दाङबाट सेफ राइड सेवा सुरु गर्नुको मुख्य उद्देश्य ‘आफ्नो जन्मभूमिको विकासमा योगदान गरौं’ भन्ने सन्देश दिनु रहेको उनले बताए ।

‘हामी बनाउँछौँ हाम्रो ठाउँ’ भन्ने अभियानअन्तर्गत सेफ राइड  अघि बढाउन खोजिएको उनले बताए । अन्य कम्पनीले दिइ रहेको सेवा भन्दा फरक मोडलमा काम गर्ने दाबी उनको  छ ।

सिइओ रावतका अनुसार अन्य विदेशी कम्पनीहरू मुख्य रूपमा नाफा कमाएर पूँजी विदेश लैजाने उद्देश्यमा केन्द्रित भए पनि सेफ राइडको प्राथमिकता नेपालमै लगानी, नेपालमै रोजगारी सिर्जना तथा देशको आर्थिक विकासमा योगदान गर्नु रहेको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।