२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

अमेरिकी सैन्य बेसमा इरानको ठूलो हमला

 

काठमाण्डौ : इरानले अमेरिकी सैन्य बेसमा ठूलो हमला गरेको छ । यस भीषण आक्रमणमा धेरै अमेरिकी सैनिक घाइते भएको खबर सार्वजनिक भएको छ । आक्रमणमा अमेरिकी सेनाका अत्याधुनिक र घातक ‘रीपर ड्रोन’ हरू मा पनि ठूलो क्षति भएको बताइएको छ । दुवै देशबीचको नाजुक युद्धविराम अहिले टुट्ने अवस्थामा पुगेको छ ।  इरानी सेनाले बिहीबार बिहान अमेरिकी एयर बेसलाई निशाना बनाएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले दावी गरेको छ । रातको समयमा इरानको दक्षिणी क्षेत्र, विशेष गरी बन्दर अब्बास क्षेत्रमा आक्रमण गरिएको थियो । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यो कारबाही ‘अमेरिकी आक्रामकको’ प्रतिशोध हो । अमेरिकी अधिकारीहरूले पनि यो आक्रमण भएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार पछिल्ला २४ घण्टामा इरानले कुवेतस्थित ‘अली अल सलेम एयर बेस’ मा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । यद्यपि कुवेतको एयर डिफेन्स प्रणालीले ‘फतेह–११०’ मिसाइललाई आकाशमै रोक्न सफल भयो, तर त्यसका टुक्राहरू बेसभित्र खसेपछि केही अमेरिकी सैनिक घाइते भएका छन् ।

अमेरिकाका दुई अत्याधुनिक MQ–९ रीपर’ स्ट्राइक ड्रोनमा ठूलो क्षति पुगेको छ । तीमध्ये एउटा ड्रोन पूर्ण रूपमा नष्ट भएको छ भने कम्तिमा अर्को एक ड्रोन पुर्ण रूपमा क्षतिग्रस्त भएको छ । एक MQ–९ रीपर ड्रोनको मूल्य करिब ३ करोड अमेरिकी डलर पर्छ । यी ड्रोनहरू अमेरिकी रक्षा प्रणालीका अत्यन्त महत्वपूर्ण हिस्सा हुन्, जसको प्रयोग मुख्यतः निगरानी र सटीक हवाई आक्रमणका लागि गरिन्छ । यस्ता ड्रोनमा भएको क्षतिलाई अमेरिकी सेनाका लागि ठूलो धक्का मानिएको छ ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।