२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

चीनविरुद्ध एकै ओभरमा कुशलले हाने ६ छक्का चीनलाई दियो ३१४ रनको लक्ष्य

 

काठमाडौं : नेपाली क्रिकेटर कुशल भुर्तेलले चीनविरुद्ध एक ओभरमा ३७ रन बनाएका छन् । 

७ बलमा उनले ३७ रन बनाएका हुन् । उनले एक वाइडसहित ६ वटा छक्का हानेका छन् ।  एसियन गेम्स क्वालिफायरमा अहिले चीनविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।  ताजा अवस्थामा कुशल ३२ बलमा ९४ रन बनाएर खेलिरहेका छन् । नेपालले अहिले १० ओभरमा १३५ रन बनाएको छ । उनलाई साथ दिइरहेका कुशल मल्ल १६ रनमा क्रिजमा रहेका छन् ।

एसियन गेम्स छनोटअन्तर्गत नेपाली पुरुष टोलीले चीनलाई ३१४ रनको लक्ष्य दिएको छ। 

सिंगापुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङमा आएको नेपालका लागि कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेले। उनले नवौँ ओभरमा प्रत्येक बलमा ६ छक्का प्रहार गर्दै यसअघि दिपेन्द्रसिंह ऐरीको नाममा रहेको रेकर्ड पनि बराबरी गरेका छन्। 

त्यस्तै कुशल मल्लले ८५ र रोहित पौडेलले ६९ रनको अर्धसकतीय पारी खेले। मलेसियामा सुरु भएको महिला टोलीको खेल भने वर्षाले प्रभावित भएको छ। 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।