२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

 

काठमाडौं : साफ महिला च्याम्पियनसिपमा श्रीलंकालाई २-० ले पराजित गर्दै नेपाल समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनल खेल्ने भएको छ । गोवाको जवारलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफमा रश्मी कुमारी घिसिङको गोलबाट अग्रता बनाएको थियो । दोस्रो हाफमा कप्तान रेनुका नगरकोटीले गोल गर्दै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित गरेकी हुन् ।  १२ औं मिनेटमा नेपालका लागि रश्मि कुमारी घिसिङले वान बाई वानको स्थितीमा पनि गोल गर्न सकिनन् । डि बक्स बाहिरबाट रेनुका नगरकोटीले निकालेको उत्कृष्ट पासमा रश्मिले गोलकिपरलाई बिट गर्दै हानेको प्रहार पहिलो बारको निकै नजिकबाट बाहिरियो । २० औं मिनेटमा मिना देउवाले दायाँतर्फबाट दिएको क्रसमा रश्मि घिसिङको हेडर बल सिधा श्रीलंकाकी गोलकिपरको हातमा पर्यो ।  ४० औं मिनेटमा नेपालकी कप्तान रेनुका नगरकोटीले डी बक्स बाहिरबाट हानेको प्रहार पोष्ट माथिबाट बाहिरियो। ४२ औं मिनेटमा दिपा शाहीको कर्नरमा रश्मिको हेडर फेरी बाहिरियो । पहिलो हाफमा ४ मिनेटको समय थप गरिएको थियो । जसको तेस्रो मिनेटमा नेपालका लागि रश्मि कुमारी घिसिङले गोल गरेकी हुन् । रेखा पौडेलले दायाँबाट दिएको पासलाई रश्मिले डी बक्स भित्रबाट उत्कृष्ट फिनिस गरेकी हुन् । ६०औं मिनेटमा कप्तान रेनुका नगरकोटीले आफ्नो कौशल अपनाएकी थिइन् उनले डिबक्स बाहिरबाट हानेको प्रहार पहिलो बार हुँदै बाहिरियो । 

 

नेपाल साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा ६२ औं मिनेटमा उनले डिफेन्डरलाई बिट गर्दै हानेको लामो  प्रहार गोल भएको हो । खेलको ६३ औं मिनेटमा मिना देउवालाई प्रतिस्थापन गर्दै अनिता लम्जेल मैदान प्रवेश गरेकी थिइन् ।  ७१ औं मिनेटमा दिपा शाहीलाई प्रतिस्थापन गर्दै बिर्सना चौधरीले राष्ट्रिय टिमबाट डेब्यु गरेकी छन् ।‌ यू २० टिम कि कप्तान समेत रहेकी बिर्सनाले सिनियर टिममा डेब्यु गरेकी हुन् ।  ७१ औं मिनेटमा नेपालले कर्नरबाट आएको बललाई सदुपयोग गर्न सकेन । गीता राना मगरले हानेको हेडल पोस्ट माथिबाट बाहिरियो । खेलको ७६ औं मिनेटमा रेखा पौडेलले दिएको क्रसमा रश्मीकुमारी घिसिङले हानेको प्रहार किपरले फर्काइदिन्। खेलको अन्तिम मिनेटसम्म पनि नेपालले स्कोरको प्रयास गरिरहेको थियो । नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई १-० ले हराएको थियो। समूह चरणको दुवै खेल जित्दा नेपालले ६ अंक बटुल्दै समूह ए को विजेता बनेको हो ।  नेपाल सेमीफाइनलमा भारत अथवा बंगलादेशमध्ये एक टिमसँग खेल्नेछ । नेपालले समूह बीको उपविजेतासँग नेपालले सेमीफाइनलमा भेट गर्नेछ । त्यो भने आजै हुने भारत र बंगलादेश बीचको खेलपछि टुङ्गो लाग्नेछ। नेपालले जुन ३ मा हुने सेमिफाइनल मध्ये पहिलो सेमिफाइनल खेल्नेछ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।