२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

नेपालले भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन : निश्कल राई

 

काठमाडौँ : नेपाली काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन् । आइतवार संघीय संसद् भवन सिंहदरबार परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् । सचेतक राईले सार्वभौम संसद्‌मा प्रधानमन्त्री साहले बिनातथ्य कुरा गर्नु अशोभनीय भएको पनि बताए । राईले भने, ‘प्रधानमन्त्रीज्यूले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधिहरू भएको ठाउँमा आएर हामीले पनि भारतको सीमा मिचेका छौँ भनेर तथ्यहीन कुरा गर्नुभयो। आपत्ति छ ।’ सचेतक राईले प्रधानमन्त्री साहले संसद्‌मा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसकेको तर्क गरे ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।