२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

नेपाल एसियन गेम्समा छनोट

 

काठमाडौं : नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा मलेसियाले चीनलाई हराएपछि नेपाल समूह ‘ए’ बाट शीर्ष २ हुँदै  सेमिफाइनल पुग्दै एसियन गेम्समा छनोट भएको हो । 

समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा मलेसियाले चीनलाई ९ विकेटले पराजित गरेको हो । समूह ‘ए’ मा ३ टोली मात्रै हुँदा चीनले लगातार २ हार बेहोर्दा मलेसिया र नेपाल सेमिफाइनल हुँदै एसियन गेम्समा छनोट भएका हुन् । नेपालले समूह चरणको पहिलो खेलमा आइतबार चीनलाई २२१ रनले हराएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेल बिहीबार मलेसियासँग खेल्दै छ । यो खेलबाट समूह ‘ए’ को विजेताको टुंगो लाग्नेछ । एसियन गेम्स छनोटमा ७ टोलीलाई २ समूहमा विभाजन गरी खेलाइएको थियो । २ समूहका शीर्ष २ ले सेमिफाइनल हुँदै एसियन गेम्सका लागि छनोट हुनेछन् । नेपाली महिला क्रिकेट टोली भने तेस्रो स्थानको खेलमा चीनसँग पराजित हुँदै एसियन गेम्समा छनोट हुन असफल भएको थियो ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।