२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधि सभा बैठक स्थगित

 

काठमाडौं :  प्रतिनिधि सभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूको अवरोधका कारण बैठक स्थगित भएको हो । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति राष्ट्रहित विपरित रहेको भन्दै उनीहरूले आपत्ती जनाए ।   बैठक सुरू हुने बित्तिकै नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।   विपक्षी दलहरूका सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुखले कार्यसूचीलाई अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे । तर, निरन्तर विरोध जनाएपछि सभामुख डीपी अर्यालले बैठक जेठ २५ गतेसम्मका लागि स्थगित भएको घोषणा गरे ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।