२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

उजुरी परेपछि रास्वपाद्वारा अधिवेशन स्थगित

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह र वडाहरूमा हुन लागेका पार्टीका निर्वाचन प्रक्रियाहरू तत्कालका लागि स्थगित गरेको छ ।  पार्टीको केन्द्रीय निर्वाचन आयोगको मङ्गलबार बसेको बैठकले विवाद उत्पन्न भई उजुरीहरू प्राप्त भएकाले छानबिनका लागि निर्वाचन हाललाई स्थगित गरिएको हो ।  आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरेको पत्रअनुसार बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला अन्तर्गतका अन्य विवादित स्थानीय तह तथा वडाहरू छन् ।  मधेस प्रदेशमा सप्तरी र सिराहा जिल्लाका विवादित स्थानीय तह र वडाहरू छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मतिहानी नगरपालिका, मनरा शिसवा नगरपालिका, पिपरा गाउँपालिका र अन्य विवादित क्षेत्रहरू छन् ।  धनुषा जिल्लाका जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायतका विवादित क्षेत्रहरू रहेका छन् । सर्लाही जिल्लाका हरिपूर्वा नगरपालिकामा स्थगित भएको छ ।  यी स्थानीय तहमा विवाद सुल्झिएपछि मात्र प्रक्रिया अघि बढ्ने भएकाले आयोगले यी क्षेत्रहरूमा निर्वाचनसम्बन्धी कुनै पनि नयाँ प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ । निर्देशन विपरीत कुनै गतिविधि गरिएमा त्यसले आधिकारिक मान्यता नपाउने चेतावनी समेत दिइएको छ ।  पार्टीभित्रको निर्वाचनलाई लोकतान्त्रिक, निष्पक्ष र मर्यादित बनाउनका लागि छानबिन नसकिएसम्मका लागि यो कदम चालिएको आयोगका प्रमुख के.सी. ले जानकारी दिए । अन्य क्षेत्रमा भने निर्वाचन प्रक्रिया पूर्ववत् रूपमै सञ्चालन हुने पत्रमा उल्लेख छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।