२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

प्रधानमन्त्रीले सीमासम्बन्धी भनाइको पुष्टि नगरेसम्म संसद् चल्न दिन्नौँ : एमाले

 

काठमाडौँ : नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन साहले नेपाल–भारत सीमासम्बन्धी प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको पुष्टि नगरेसम्म संसद् बैठक चल्न नदिने बताएको छ ।  मंगलवार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद गुरु बरालले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले संसद्‌मा आएर आफ्नो अभिव्यक्ति पुष्टि गर्नुपर्ने नभए अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए । उनले प्रधानमन्त्री शाहको प्रतीक्षामा बसेकै कारण संसद् बैठक बस्न ढिलाइ भएको बताए । उनले सभामुख डोलप्रसाद अर्याललाई जबरजस्ती संसद् बैठकको कारबाही अघि नबढाउन आग्रह गरे । बरालले पछिल्लो घटनाक्रमले स्वदेश मात्र नभई अन्ताराष्ट्रिय स्तरमा समेत नेपालको छवि प्रभावित भएको दाबी गरे ।  बरालले भने, ‘प्रधानमन्त्री संसद्‌मा आएर आफूले दिएको अभिव्यक्ति या त पुष्ट्याइँ गर्नुस् नभए फिर्ता लिनुस् भन्ने हाम्रो कुरा थियो । प्रधानमन्त्रीको स्पष्ट जवाफ नआउँदासम्म संसद् अघि बढाउन दिँदैनौँ ।’ नेपालको हित र प्रतिष्ठा जोगाउन आफूहरू नेकपा (एमाले) सचेत रहेको भन्दै बरालले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो धारणा स्पष्ट नगरेसम्म संसद् चल्न नदिने चेतावनी दिए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।