काठमाडौं : फुटबल खेलाडी विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् ( राखेप)को उपाध्यक्षमा नियुक्त भएका छन् । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उनलाई उपाध्यक्षको पदमा नियुक्त गरेका हुन् ।
पूर्व राष्ट्रिय खेलाडी विशाल श्रेष्ठले बुधबार नै खेलाडी जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् सामाजिक सञ्जालमार्फत उनले सन्यासको घोषणा गरेका थिए । उनले २०८० पुष ७ गते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका थिए तर घरेलु फुटबलमा मछिन्द्र फुटबल क्लबबाट खेल्दै आएका उनले अन्ततः खेलाडी जीवनबाटै सन्यास लिएका थिए ।
खेलाडी जीवनबाट सन्यास लिएसँगै विशाल राष्ट्रिय खेलकुद परिषद् राखेपको उपाध्यक्ष पदमा नियुक्त भएका हुन् । सँगै खेलकुद क्षेत्रमा आबद्ध रहेका चार जना खेल क्षेत्रमा आबद्ध रहेका खेलाडी तथा पूर्व खेलाडी राखेपको बोर्ड सदस्यमा नियुक्त भएका छन् ।
शक्तिले सोमबार रूपन्देही क्रिकेट सङ्घको अध्यक्ष पदमा चुनाव हारेका थिए । त्यस्तै मोनालिसा खुम्बु हिमालयन चेस एकेडेमी सञ्चालन गर्दै आएकी थिइन् । सिक्का सुवाल भने खेलाडी जीवनबाट नै सिधै राखेप बोर्ड सदस्यमा नियुक्त भएकी हुन् । उनी एभिएम टेबल टेनिस क्लब कि खेलाडी हुन् । फुटबल खेलाडी पवन शाही भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका थिए ।









