२०८३ जेष्ठ ३० शनिबार
Search
२०८३ जेष्ठ ३० शनिबार

परराष्ट्रमन्त्री जेठ ३१ देखि असार ३ गते) सम्म चीन भ्रमणमा जाने तय

 

काठमाण्डौ ।  परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएको छन् । मन्त्रालयले सो जानकारी दिँदै भ्रमणको आन्तरिक तयारी भइरहेको र भम्रण तालिकाबारे छिट्टै जानकारी गराइने जनाएको छ। वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालैमात्र भारतको तीन दिने औपचारिक भ्रमण गरेका थिए ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनाल आगामी जुन १४ देखि १७ (जेठ ३१ देखि असार ३ गते) सम्म चीन भ्रमणमा जाने तय भएको छ ।

यसैगरी मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दललगायत राज्यका सबै निकाय र सञ्चार क्षेत्रको पनि एकमत हुनुपर्ने बताए । साथै उनले परराष्ट्रसम्बन्धी सूचना सम्प्रेषणमा संवेदनशील हुन आग्रह गरे । मन्त्रालयमा गर्न लागेको नयाँ कार्य र सुधारका योजना बारेमा सुनाउँदै उनले विदेशस्थित नेपाली नियोगमा आवश्यकताअनुसार थप जनशक्ति र भौतिक पूर्वाधार स्तरोन्नती गर्न लागेको बताए ।

त्यस्तै मन्त्री खनालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाइने, लुम्बिनी फेलोसिप कार्यक्रमको सुरुआत गर्ने, भू–रणनीतिक सम्मेलन आयोजना गर्ने, राहदानीको बायोमेट्रिकमा देखिएका चुनौतीलाई समाधान गर्नेलगायत योजनाका बारेमा अवगत गराए । सोही अवसरमा उनले हालैको आफ्नो भारत भ्रमण प्रभावकारी र उपलब्धिमूलक भएको बताउँदै द्विपक्षीय आपसी हितका विविध विषयमा खुुलेर सौहाद्र्ध रूपमा भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता भएको उल्लेख गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव अमृतबहादुर राईले वर्तमान सरकारको प्रतिबद्धताअनुसार आर्थिक समृद्धि र सुशासनका लागि मन्त्रालयले काम गरिरहेको बताए । मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयबाट भए÷गरेका कामका बारेमा जानकारी गराएका थिए।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।