२०८३ जेष्ठ ३० शनिबार
Search
२०८३ जेष्ठ ३० शनिबार

रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा

 

काठमाडौं । रास्वपा कोसी प्रदेश सभाको सभापति पदमा निर्वाचन लडेकी गोमा तामाङ (शरिन) ले राजनीतिक संन्यास घोषणा गरेकी छन् । निर्वाचनमा पराजितपछि उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन् ।

उनी रास्वपा कोसीको निवर्तमान कार्यवाहक सभापति पनि हुन् ।  स्थापनाकाल देखिनै रास्वपामा आवद्ध तामाङले माथिको ह्विप भन्दै आफूलाई हराएको र सेटिङ प्यानल बनाउन नजानेको उल्लेख गरेकी छन् ।

तामाङ रास्वपा उम्मेदवारका रूपमा सुनसरी १ बाट दुईपटक प्रतिनिधिसभा निर्वाचन लडिसकेकी नेतृ हुन् । यद्यपि निर्वाचित भने हुन सकिनन् ।

गत फागुनमा भएको निर्वाचनमा ३५ हजार ७४१ मत ल्याएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचित हुँदा उनले २७ हजार २४९ मत पाएकी थिइन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।