२०८३ जेष्ठ ३० शनिबार
Search
२०८३ जेष्ठ ३० शनिबार

विपक्षी दलले गरे अर्थमन्त्रीमाथि छानविन समितिको माग

 

काठमाडौं :  बिपक्षी दलका सांसदहरुले आर्थिक विधेयकमाथिको संशोधनका बिषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् । साथै उनीहरुले सीमाका बिषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने समेत जनाएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले संसदमा दर्ता भइसकेको विधेयकमाथि कुनै पनि प्रकारको चलखेल गर्न नपाइने भन्दै संसदीय छानविन समिति गठन गर्न माग गरेका हुन् । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताए ।

अर्थमन्त्रीलाई आफूहरुले शंकाको लाभ दिए पनि अर्थमन्त्रीको जवाफले जनप्रतिनिधि संस्थाको अवमूल्यन भएको उनले बताए । त्यस्तै एमालेका सांसद सांसद गुरुप्रसाद बरालले विगतका सबै घटना छानबिनका लागि प्रतिपक्ष तयार रहेको बताए । उनले जवाफ दिएकै भरमा अर्थमन्त्री उम्कन नसक्ने भन्दै संसदीय छानविन समिति गठन हुनुपर्ने माग गरे । 

कांग्रेसका भरतबहादुर खड्काले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने भन्दै नेपाल–भारतबीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने  बताए । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएका सूचना आफूलाई प्राप्त भएकाले अवाञ्छित गतिविधि रोक्न माग गरे । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले नेपाल–भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधानका लागि ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।