पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन् । पोखरामा भएको प्रथम अधिवेशनमा निर्वतमान महामन्त्री त्रिपाठीले २३४ मत ल्याउँदै विजयी भएको निर्वाचन समितिका संयोजक डा राम गुरुङले जानकारी दिए ।
उनका अनुसार शुक्रबार राति भएको मतदानमा निर्वतमान सभापति एवं प्रतिनिधिसभाका सांसद राजन गौतमले १८२, माधव कँडेलले ११ र डा हरि कार्कीले २ मत प्राप्त गरे। अधिवेशनमा कूल ७८० प्रतिनिधि रहेपनि ४३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए ।
रास्वपा गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । प्रदेश सदस्यका लागि ५१ आकांक्षीमध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् ।












