२०८३ श्रावण १३ बुधबार
Search
२०८३ श्रावण १३ बुधबार

ठगी आरोपमा बिबिसी मास्टर सेफ सन्तोष साह पक्राउ

काठमाडौं । बिबिसी मास्टर सेफ सन्तोष साह ठगी आरोपमा पक्राउ परेका हुन् ।

शकुन्तला अधिकारी थापाले ठगीको कसुरमा प्रहरीमा जाहेरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषा प्रहरीसँग समन्वय गरी उनलाई काठमाडौं ल्याएको हो ।  साहसँगै सिराहा कर्जन्हा ९ का ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका छन् । उनीहरू दुबैलाई ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनीहरुलाई ठगीको कसुरमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाउने तयारी गरेको छ ।

सन् २०२० मा बिबिसीको मास्टर सेफ कार्यक्रममा सहभागी भई चर्चामा आएका साह पछिल्लो समय मिथिला थालीलाई ब्राण्डिङ गरिरहेका थिए ।

सिराहाको कर्जन्हा नगरपालिका ११ का ४१ वर्षीय साहले जनकपुर र काठमाडौंमा पनि मिथिला थाली नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।