२०८३ श्रावण १४ बिहीबार
Search
२०८३ श्रावण १४ बिहीबार

असममा भारतीय सेनाको जहाज दुर्घटना : पाँच जनाको मृत्यु

 

भारत : भारत असमको जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य यातायात विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायुसहित पाँच वायुसेना जवानको मृत्यु भएको छ । भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूको विवरण सार्वजनिक गर्दै गहिरो दुःख व्यक्त गरेको छ । मृतकहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् ।

यसअघि दुर्घटनापछि भारतीय वायु सेनाका प्रवक्ता विङ कमाण्डर जयदीपले जोरहाट एयर फोर्स स्टेशनमा एएन–३२ विमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेका थिए । वायु सेनाका अनुसार विमान अवतरण (ल्याण्डिङ) गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनापछि विमानमा आगलागी समेत भएको थियो । घटनाको कारण पत्ता लगाउन ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी अनुसन्धान सुरु गरिएको छ ।

वायु सेनाले के भन्यो ?

भारतीय वायु सेनाले एक्समा लेखेको छ, ‘असमको जोरहाटमा भएको एएन–३२ विमान दुर्घटनामा पाँच वायुसेनाकर्मीको निधन भएकोमा हामी गहिरो शोक व्यक्त गर्दछौं ।’ वायु सेनाले थप भनेको छ, ‘स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमले कर्तव्य निर्वाहका क्रममा सर्वोच्च बलिदान दिएका छन् । भारतीय वायु सेना शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा उनीहरूसँग दृढतापूर्वक उभिएको छ ।’

दुर्घटनास्थलमा उद्धार तथा व्यवस्थापन कार्य जारी रहेको र प्रारम्भिक अनुसन्धान पनि भइरहेको वायु सेनाले जनाएको छ । अनुसन्धानको निष्कर्ष नआउँदासम्म कुनै पनि अड्कलबाजी नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

एएन–३२ विमान के हो ?
एएन–३२ सोभियत संघकालीन (हाल युक्रेनको एण्टोनोभ डिजाइन ब्युरोद्वारा विकसित) दुई इन्जिनयुक्त टर्बोप्रप सैन्य यातायात विमान हो । यो भारतीय वायु सेनाको महत्वपूर्ण विमानमध्ये एक हो । यसको प्रयोग सैनिक तथा सामग्री ढुवानी, राहत सामग्री पुर्‍याउने, दुर्गम क्षेत्रमा आपूर्ति गर्ने तथा प्यारासुटरहरूलाई हवाईमार्फत उतार्ने कार्यमा गरिन्छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।