काठमाण्डौ । ललितपुरको हात्तीवनमा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
शनिबार साँझ ललितपुर महानगरपालिकास्थित हात्तिवनमा तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई लागुऔषध ट्रामाडोलसहित नियन्त्रणमा लिएको हो ।
‘अन्दाजी २५ देखि ३० हजार पिस ट्रामाडोल भएको आशंका छ। प्रहरी अधिकारीहरूले गणना गरिरहेका छन्,’ उनले भने । प्रहरीले एउटा बाइक र एउटा कारलाई पनि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिन खोज्दा भागेपछि प्रहरीले कारको टायरमा गोली चलाएको एसपी रेग्मीले बताए । घटनामा संलग्न अरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।












