२०८३ श्रावण १४ बिहीबार
Search
२०८३ श्रावण १४ बिहीबार

देशलाई माया गरेकाले दैनिक १० हजारले गाली गर्छन् : हर्क राई

 

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशलाई माया गरेकै कारण आफूलाई गाली गरेको गुनासो गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गरे । उनले आफूले धरानको मेयर हुँदा दैनिक हजार पल्ट गाली पाउने गरेको भन्दै हाल दैनिक १० हजार पुगेको बताए ।

अध्यक्ष राईले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको बताए । उनले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका पनि व्यक्त गरे । नेपाली समाजमा अरूले गरेको कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै उनले त्यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने बताए  ।  राईले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको पनि आरोप लगाए । उनले सीमा सुरक्षाका विषयमा राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए । उनले विदेशी ऋण लिएर विकास गर्नेभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए ।

राईले भने, ‘संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे म हुँ । मैले यो देशलाई बिछट्टै माया गरेकाले गाली खाइराखेको छु । अहिले मैले दिनको १० हजार वटा गाली पाइराखेको छु ।’ उनले श्रम संस्कृति पार्टीका कोही पनि सांसदले भ्रष्टाचार नगर्ने दाबी गरे । पार्टी संगठनलाई देशभर विस्तार गर्ने उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृतिलाई जिताउन आग्रह गरे ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।