२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

बागमती प्रदेशका केन्द्रीय सदस्यले भने– नेतृत्व हस्तान्तरण नगरी तल जान सकिँदैन

 

काठमाण्डौ। नेकपा एमालेका बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले तत्काल पार्टी पुनर्गठन नगरे र नेतृत्व परिवर्तन नगरे तल जान नसकिने धारणा राखेका छन् ।  शनिबारबाट सुरू भएको प्रदेशगत छलफल अन्तर्गत शनिबार बागमती प्रदेशको बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्य, जिल्ला अध्यक्षहरूले पुनर्गठनको पक्षमा विचार राखेको बागमती प्रदेश संगठन कमिटीकी सहसचिव भक्तकुमारी लामाले जानकारी दिइन् ।

‘आज धारणा राख्ने ८० प्रतिशतभन्दा बढी नेताहरूले पुनर्गठनको पक्षमा धारणा राख्नुभएको छ,’ लामाले लालबिहानीसँग भनिन्, ‘केही केन्द्रीय सदस्य र जिल्ला नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै दोष दिएर अरू उम्कन नमिल्ने, परिणामप्रति सबै तहका नेता–कार्यकर्ता उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभएको छ ।’ केन्द्रीय सदस्य गोकुल बास्कोटाले अविलम्ब नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।

उनले पहिलो र दोस्रो पुस्ताका नेताहरूले बिदा लिएर तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने धारणा राखेका थिए  ।

‘तर्कवितर्क नगरी अविलम्ब पार्टी पुनर्गठन हुनुपर्छ र नेतृत्व तेस्रो पुस्तालाई दिनुपर्छ,’ उनले भनेका थिए ।

केन्द्रीय सदस्य आनन्द पोखरेलले पार्टी पुनर्गठन सम्बन्धी मार्गचित्र प्रस्तुत गर्दै लिखित प्रस्ताव नै बैठकमा राखेका थिए । उनले अहिलेको परिणामप्रति जिम्मेवारीबोध गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखे । उनले पार्टी रूपान्तरणको पहिलो सर्त पुनर्गठन नै भएको धारणा राखेका थिए ।

केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले पनि नेतृत्व पुनर्गठनको पक्षमै धारणा राखेका थिए। निर्वाचन परिणाम, एमाले आन्दोलनको गम्भीर समीक्षा गरी उपयुक्त कदम चाल्नुपर्ने सुझाव दिएका थिए ।  त्यसको प्रस्थानविन्दु पार्टी पुनर्गठन भएको धारणा राखेका थिए । कतिपयले नाम लिएर अध्यक्षलाई पद छाड्न भनेका छन्। कतिपयले नाम नलिएर पुनर्गठनमा जोड दिएका छन्,’ एक नेताले भने ।

केन्द्रीय सदस्य प्रदीप कटुवालले अहिलेको अवस्था आउनुमा अध्यक्ष ओलीलाई मात्रै जिम्मेवार ठहर्‍याउने कुरा गलत भएको भन्दै सबैले जिम्मेवारीबोध गर्नुपर्ने धारणा राखेका थिए ।

नेता महेश बर्तौलाले अध्यक्ष ओलीलाई गलहत्याएर निकाल्न नमिल्ने बताउँदै परिस्थितिको ठोस, यथार्थपरक समीक्षाको खाँचो रहेको बताएका थिए ।

आज बोल्ने अधिकांश नेताहरूले पार्टी पुनर्गठनमा जोड दिँदै अविलम्ब त्यसको सन्देश दिनुपर्ने बताएको अर्का एक नेताले बताए ।

पुनर्गठन नगरी तल जान सकिँदैन भन्दै त्यसको थालनी अब बस्ने केन्द्रीय कमिटी बैठकले गर्नुपर्ने, अन्यथा तल क्षय रोक्न नसकिने धारणा राखेका थिए ।

बागमतीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र जिल्ला नेताहरूको धारणा सुनेपछि उपाध्यक्ष विष्णु पौडेल उत्साहित देखिएका छन् ।

उनले पार्टीको गुमेको जनमत र प्रतिष्ठा पुनर्स्थापित हुनेगरी पार्टी पुनर्गठनको अभिभारा पूरा गर्न आफूहरू सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

महासचिव शंकर पोखरेलले पनि आजको कार्यक्रममा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका सन्दर्भमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताएका छन् ।

‘बागमती प्रदेश संगठन कमिटीको दोस्रो बैठक तथा बागमती प्रदेशको आयोजनामा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका सम्बन्धमा सुझाव संकलन कार्यक्रम सम्पन्न भयो । सुझाव संकलन कार्यक्रममा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका सन्दर्भमा महत्त्वपूर्ण सुझाव प्राप्त भएका छन्,’ उनले भनेका छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।