काडमाडौं : फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।
अमेरिकाको न्यु जर्सी रंगशालामा आज विहान भएको खेलमा ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिएका हुन् ।
खेलको २१औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत मोरक्कोले अग्रता कायम गरेको थियो । तर, ११ मिनेटपछि ब्राजिलले गोल फर्कायो । ३२औँ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । दोस्रो हाफमा भने कुनै पनि गोल हुन सकेन ।
विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच यो दोस्रो खेल हो । यहि समुहको अर्को खेलमा हाइटी र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार आज बिहान पौने ७ बजे बोस्टनमा हुनेछ ।












