२०८३ भाद्र २७ शनिबार
Search
२०८३ भाद्र २७ शनिबार

अर्थमन्त्रीले भने–एक खर्ब बिगो माग हुने घोटालाको फाइल चाँडै सार्वजनिक हुँदैछ

 

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग हुने गरी इतिहासकै ठूलो घोटालाको फाइल चाँडै सार्वजनिक गर्न लागेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यो घोटालाको सत्यतथ्य पूर्णरूपमा बाहिर आएपछि राज्यव्यवस्था कसरी चलिरहेको रहेछ भन्ने खुलासा हुने दाबी गरे । उनले यो घटनामा विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंग समेत प्रयोग भएको जिकिर गरे। मन्त्री वाग्लेले आफू मन्त्री भएर आएपछि राजनीतिका नेतृत्व कसरी स्वार्थ समूहको गोजीमा परेका रहेछन् भन्ने थाहा पाएको टिप्पणी गरे । ‘नेपालको इतिहासमा सबैभन्दा ठुलो फाइनान्सियल स्क्याण्डल अहिले न्यायिक प्रक्रियामा रहेको छ । १ खर्बभन्दा बढी विगो मागेर अहिले मुद्दा चलिरहेको छ’, उनले भने, ‘यसको पछाडिको कथा तपाईले पढ्नुभयो भने देशको राजनीतिक व्यक्ति र निकाय कसरी प्रभावित भएका थिए भन्ने कुराको डर लाग्छ ।’ अर्थमन्त्री वाग्लेले सरकार देशमा स्वार्थ समूहलाई निमिट्यान्न पार्ने अभियानमा रहेको बताए । उनले मुलुक कहिल्यै बन्दैन भनेर युवा विदेशिनुपर्ने अवस्था बदल्नेगरी सरकार अघि बढिरहेको जिकिर गरे ।
 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।