काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअघि पार्टीभित्र विवाद तिब्ररुपमा बढदै गइरहेको छ । केन्द्रदेखि जिल्लासम्म विवाद बढदै गएपछि कतिपय जिल्ला र प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
नेतृत्वमा पुग्ने होडबाजी र नेताहरुबीच बढदै गइरहेको असन्तुष्टिले पार्टी स्थापना दिवसकै दिन हुने प्रथम राष्ट्रिय महाधिवेशनमा समेत त्यसको प्रभाव पर्ने निश्चित छ । रास्वपाले आउँदो असार ७, ८ र ९ चितवनमा पहिलो महाधिवेशन गर्दैछ ।
अहिलेसम्म ६५ जिल्ला, ४ प्रदेशमा अधिवेशन सम्पन्न गरेको रास्वपाले विवादका कारण केही जिल्ला र प्रदेशमा अधिवेशन स्थगित गरेको छ । देशभरका सबै वडा, पालिकामा अधिवेशन हुन सकेको छैन । यद्यपी अधिकांश वडा, पालिका, जिल्लामा अधिवेशन सम्पन्न भएको र हुन नसकेका ठाउँमा महाधिवेशनपछि गरिने रास्वपाले जनाएको छ ।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ नेतृत्व चयन गर्दै प्रदेश अधिवेशन सम्पन्न भएको छ । पार्टीभित्रको आन्तरिक विवादका कारण मधेश प्रदेश र वागमती प्रदेश अधिवेशन स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशको अधिवेशन सोमबार (१ असार)मा हुँदैछ ।
रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सार्वजनिक रुपमै सरकारसँग उक्त भ्रमणको कुनै सम्बन्ध नरहेको टिप्पणी गरे । रास्वपाकै वरिष्ठ नेताको नेतृत्वमा सरकार र रास्वपाकै सभापतिको भारत भ्रमणप्रति सरकारका प्रवक्ताको यस्तो टिप्पणीले पार्टीभित्र नेताहरुबीच तालमेल नभएको पुष्टि हुन्छ ।
यस्तै, रास्वपा सांसद अमरेशकुमार सिंहले हालै एक सार्वजनिक कार्यक्रममा ‘हु इज असिम शाह ?’ भन्दै आलोचना गरेका छन् । असिम शाह प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र संविधान संशोधन कार्यदलका लागि सरकारले गठन गरेको समितिका संयोजक हुन् ।
सिंहले असिमलाई को हो ऊ भनेर प्रश्न गर्दै आफूहरुको सहमति बिना संविधान संशोधन हुनै नसक्ने टिप्पणी गरेका छन् । ‘संविधान संशोधन हुनेवाला छैन । संविधान संशोधनमा मेरो (सांसदका रुपमा) सहमति त चाहियो नि । मेरो सहमतिबिना संविधान संशोधन हुँदैन । प्रदेशको संशोधन गर्ने हो भने प्रदेशको सहमति चाहियो नि । कुन प्रदेशमा असीम शाहको सरकार छ ? हु इज असिम शाह ?,’ सिंहले भनेका छन् ।
य












