२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

क्यानडामा सडक दुर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु

 

काठमाडौं । सुनौलो भविष्यको सपना साँचेर अध्ययनका लागि भोजपुरकी लाक्पा याञ्जी शेर्पा क्यानडा पुगेकी थिइन् । सन् २०२६ जुन ११ गते उनको निधन भएको छ। मध्य क्यानडाको ओन्टारियो सहरमा गाडी दुर्घटना हुँदा उनीसँगै कास्कीका राजीव श्रेष्ठको पनि मृत्यु भएको छ।

लाक्पा नर्सिङको विद्यार्थी थिइन् । राजीवले आइटी अध्ययन गरिरहेका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अनुसार २२ वर्षीय लाक्पा ओन्टारियोकै टोरन्टोस्थित फ्लेमिङ कलेजबाट नर्सिङको अध्ययन भर्खर पूरा गरेकी थिइन् । राजीवले टोरन्टोको महक कलेजमा आइटीको अध्ययन गरेका थिए ।

जुन ९ र १० मा लाक्पाको कलेज फ्लेमिङमा दीक्षान्त समारोह थियो । उनीहरु दीक्षान्त समारोहमा सहभागी भएर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनापछि उनीहरु चढेको एसयुभी गाडीमा आगो लागेको थियो ।

ओन्टारियो प्रदेश प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई बताएको भनाइ उदृत गर्दै नेपालटच डट कमले जनाएअनुसार दुर्घटनापछि गाडीमा आगो लागेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटाका अनुसार दुवै विद्यार्थीको शव टोरन्टोस्थित अस्पतालमा राखिएको छ । अभिभावकको आग्रहमा युवतीको शव नेपाल लैजान प्रक्रिया सुरु गरिएको छ। युवकको अन्त्येष्टि कहाँ गर्ने निश्चित छैन ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।