२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

परराष्ट्रमन्त्री खनाल र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका लिउबीच भेटवार्ता

 

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका लिउ हाइक्सिङबीच भेटवार्ता भएको छ ।

बेइजिङमा सोमबार भएको भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, दुई देशका राजनीतिक दलबीचको आदानप्रदान विस्तार गर्ने तथा जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा फलदायी छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन् ।

बेइजिङमा भएको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइक्सिङसँग भेटवार्ता गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । उनका अनुसार छलफलमा नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, पार्टी-पार्टीबीचको सहकार्य विस्तार गर्ने तथा दुई देशका नागरिकबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विशेष जोड दिइएको थियो । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।