काठमाडौं : राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईमा अनियमितता भएको आशंकामा अनुसन्धानका लागि महानिर्देशक अर्याललाई नियन्त्रणमा लिएको हो ।

महानिर्देशक अर्यालसँगै सूचना प्रविधिका निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको जनाइएको छ।












