काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने बताएकी छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारीमा रहेको बताइन् । लालपूर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं। अब असारको तेस्रो हप्तादेखि हामीले लालपूर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौं,’ उनले भनिन् । मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको टिप्पणी गरिन् ।









