२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

लुम्बिनी प्रदेशमा भुम्य महोत्सव सम्पन्न

 

भालुबाङ्ग ।  नेपाल मगर सघ लुम्बिनी प्रदेशको आयोजना तथा राप्ती गाँउ पालिकाको सह–आयोजनामा प्रथम भुम्य पर्व (नाम्क) तथा भुम्य महोत्सव सम्पन्न भएको छ । मगर समुदायको मौलिक पहिचान,भाषा , कला, संस्कार, संस्कृति तथा ऐतिहासिक अस्तित्वको संरक्षणर र प्रवद्र्घन गर्ने उद्देश्यले असार १ गते पुर्व अर्थमन्त्रि तथा संघिय सांसद बर्षमान पुनको प्रमुख अतिथ्यमा उदधघाटन भएको  भुम्य पर्व  असार ५ गते सम्म संचालन भएको महोत्सव बिच बिचमा बिभिन्न जन्म, मुत्यु संस्कार, भाषा ,रिती रिवाजको बारेमा प्रशिक्षणहरु संचालन भएको अध्यक्ष खलु प्रसाद पुनले जानकारी लालबिहानी संग बताउनु भयो । महोत्सवको खास उद्देश्य लुम्बिनी प्रदेशमा मगरहरुको एउटा शाझा घर तथा संग्राहलय निर्माण गर्नु ,थियो त्यसैले यो महोत्सवमा उठेको रकमले राप्ती गाउँ पालिका भित्र कनै उपयुक्त ठाउँमा जग्गा लिई भवन निमार्ण गर्ने संकल्प सहित यो महोत्सव आयोजना गरिएको बताउनु भयो । उदघाटन सत्रका प्रमुख बर्षमान पुनले पनि हो मा हैस्य गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्घता जनाउनु भएको थियो भने आज असार ५ गते समापनका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण घर्ति मगरले पनि यस अभियानमा म पनि सक्दो सहयोग गर्ने छु, भन्नु भयो ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।