२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

न्यूजिल्याण्डलाई हराउँदै इजिप्टको विश्वकपमा पहिलो जित

 

काठमाडौं : विश्वकप २०२६ को समूह जी को खेलमा इजिप्टले न्यूजिल्याण्डलाई ३–१ ले पराजित गरेको छ। भ्यानकुभर स्टेडियममा भएको खेलमा पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा न्यूजिल्याण्डले इजिप्टसँग हार बेहोरेको हो । 

पहिलो हाफमा १–० को अग्रता बनाएको न्यूजिल्याण्डले दोस्रो हाफमा ३ गोल बेहोर्‍यो। खेलको १५ औं मिनेटमा न्यूजिल्याण्डले सेटपिसमार्फत गोल गर्दै अग्रता बनाएको थियो । न्यूजिल्याण्डका लागि फिन सरम्यानले कर्नरमा आएको बललाई हेडरमार्फत गोल गरेका हुन् । 

खेलको ३५ औं मिनेटमा मोहम्मद सलाहले हानेको फ्रि किक वाइड भयो। पहिलो हाफमा १–० को अग्रता बनाएको न्यूजिल्याण्डले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । 

दोस्रो हाफको सुरुवातबाट नै इजिप्टले न्यूजिल्याण्डमाथि दबाब बनायो। जसको फलस्वरुप खेलको ५८ औं मिनेटमा इजिप्टले बराबरी गोल फर्कायो। इजिप्टको लागि मुस्तफा जिकोले मोहम्मद हानीको क्रसमा राम्रो हेडर प्रहार गर्दै गोल गरे । इजिप्टको लागि दोस्रो गोल कप्तान मोहम्मद सलाहको नाममा रह्यो  । मोहम्मद जिकोको असिस्टमा सलाहले खेलको ६७ औं मिनेटमा राम्रो फिनिस गरे । 

खेलको ८२ औं मिनेटमा मोहम्मद सलाहको असिस्टमा महमूद ट्रेजेगुएटले हेडरमार्फत गोल गरे। यो इजिप्टको विश्वकपमा पहिलो जित हो । न्यूजिल्याण्डमाथि जित दर्ता गर्दैं इजिप्ट समूह जी को शीर्ष स्थानमा उक्लिएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।