२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

कार्यक्रमबाटै पक्राउ परेका थिए उपाध्यक्ष विष्णु पौडेल

 

वीरेन्द्रनगर सुर्खेत  : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ परेका छन् । वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा तथा रामबहादुर थापा बादलसमेत सहभागी थिए ।

 

प्रहरीका अनुसार नेता पौडेललाई नेपालगन्ज लगिएको छ । सुर्खेतबाट काठमाडौंका लागि तत्काल सिधा हवाई उडान उपलब्ध नभएकाले उनलाई सडकमार्ग हुँदै नेपालगञ्ज लगिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलसहितको टोलीले पौडेललाई पक्राउ गरी सरकारी गाडीमा राखी नेपालगञ्जतर्फ लगेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका नेता पौडेललाई आजै काठमाडौं पठाइने प्रहरीले जानकारी दिएको छ । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।