२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा

 

काठमाण्डौ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गरेका छन्  । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियता बीच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेको हो । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए  । अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार, आगामी केही साताभित्र लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा पदमा रहिरहनेछन् ।

आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिर देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले भने, ‘मैले सधैँ आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिएको छु। मेरो पार्टीले आगामी चुनावमा नेतृत्व गर्न म उपयुक्त व्यक्ति हुँ कि होइन भनेर प्रश्न गरिरहेको छ, र म त्यसको जवाफ स्वीकार गर्छु ।

त्यसैले म लेबर पार्टीको नेताको रूपमा राजीनामा दिँदैछु।’ निकै भावुक देखिएका उनले अगाडि थपे, ‘जब म देशको यो सबैभन्दा ठूलो जिम्मेवारी (पद) छाड्नेछु, म मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी– एक असल श्रीमान् र बुबा बन्नमा बढी समय बिताउनेछु।’ उनले सोमबार बिहानै राजा चार्ल्सलाई भेटेर आफ्नो राजीनामा बारे जानकारी गराइसकेका छन् ।  दुई वर्षअघि मात्रै (जुलाई २०२४ मा) लेबर पार्टीलाई ऐतिहासिक चुनावी जित दिलाएर सत्तामा आएका स्टार्मरको लोकप्रियता पछिल्लो समय नराम्ररी खस्किएको थियो । अर्थतन्त्र सुधार र जीवनस्तर उकास्ने वाचाहरू पूरा गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको थियो । गत साता भएको विशेष उपनिर्वाचनमा उनका आन्तरिक प्रतिद्वन्द्वी तथा ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बर्नहमले सानदार जित हासिल गरेपछि स्टार्मरमाथि पद छाड्ने दबाब ह्वात्तै बढेको थियो ।

 

 

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।