चितवन । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत आज हुने भनिएको बन्दसत्र स्थगित भएको छ ।
सोमबार बिहान ९ बजे हुने भनिएको बन्द सत्र पटक पटक सारिँदै आएकोमा अन्तत: स्थगित गरिएको हो । खासगरी महाधिवेशन प्रतिनिधिहरू टुंगो लाग्न नसकेकाले स्थगित गरिएको एक नेताले बताए । ‘प्रतिनिधिहरू टुंगो लगाएर मंगलबार बन्द सत्र आयोजना गरिनेछ।
यसबीच बन्द सत्रको निम्ति तयार पारिएको हल खचाखच भरिएको छ भने बन्द सत्र बाहिरको परिसरमा पनि नेता/कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति छ । हलभित्र उपस्थित रहेकाहरू कोही आपसमा गफ गरिरहेका छन् भने कोही थकाइ र गर्मीले आलसतालस भएर भुइँमा पल्टिरहेका छन् । कोही नाचगान गरेर फुर्सद काटिरहेका छन् ।












