२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

एमाले संसदीय दलको निष्कर्ष- सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिंड्यो

 

काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरेको निष्कर्ष निकालेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको दलको बैठकले पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेललई बिना सर्त रिहा गर्न माग गरेको छ ।

‘पार्टी उपाध्यक्षलाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो । उहाँसँग पीएसओ छ। उहाँ काठमाडौं आउने कुरा थाहा हुँदा-हुँदै रातारात सार्वजनिक माध्यमबाट काठमाडौं ल्याइयो । त्यो कानुनी राज्यको बर्खिलापमा छ। संदसीय दलले त्यसको घोर भर्त्सना गरेको छ । बिना सर्त रिहाइको माग गरेको छ,’ एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

रास्वपा नेतृत्वको सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिंडेको उनको भनाइ छ । ‘सरकारको नीति राष्ट्रको विरोधमा रहेको देखिन्छ । सरकारका त्यस्ता व्यवहारविरुद्धमा एमाले सदनमा सशक्तरूपमा उत्रिन्छ,’ उनले भने ।  उनले सरकारले आतंक सिर्जना गरेको भन्दै कुनै पनि तह र तप्काका नागरिक अहिले सुरक्षित नरहेको बताए । उनले महँगी र मूल्यवृद्धिले पनि आकाश छोएको भन्दै सरकारको विरोध गरे । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।