२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लु

 

काठमाडौं : चरा तथा पन्छीहरूमा लाग्ने अतिसंक्रामक भाइरल रोग ‘बर्ड फ्लु’ अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ। 
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लु अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ।  झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लु देखिएको छ। हालसम्म बर्ड फ्लुबाट प्रभावित भएका ५ लाख ६९ हजार ८ सय ५८ पन्छी र सो क्रममा ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा र १ लाख ९५ हजार ४ सय ८५ किलो दाना नष्ट गरिएको छ। 

 
कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि खुकुलो बनाइएको डा. दाहालले बताए। पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लु रोग सर्न उच्च सतर्कतामा रही, गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शंकास्पद पन्छीहरू नष्ट गरिएको थियो। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लु रोगको प्रकोप देखिएको छ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।