गुल्मी १० असार, । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमाललाई दाउराको चिर्पटले प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) भीम किरण बोगटीले बताए । कुटपिटबाट गम्भीर घाइते भएकी मुना अचेत अवस्थामा पुगेकी थिइन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धनार्जेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घाइते महिलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको थियो । उपचारकै क्रममा आज बिहान चिकित्सकले मुना कुमाललाई मृत घोषणा गरेका हुन् ।












